Phone: 9866864640
Email: dhurbabantha2013@gmail.com
Phone: 9866873684
Email:
नेपालको संविधान २०७२ अनुसार राज्य शक्तिको प्रयोग तीन तहको सरकारले गर्ने व्यवस्था भए बमोजिम कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय सुर्खेतको मातहतमा रहेने गरी प्रदेश सरकारको (माननीय मन्त्रीस्तरीय) मिति २०७५/०६/०५ को निर्णय अनुसार यस प्रदेशका १० वटै जिल्लामा सामाजिक विकास कार्यालयको स्थापना भएको हो । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम र बजेट मध्ये शिक्षा, महिला तथा वालवालिका, समाज कल्याण, युवा तथा खेलकूद, मुख्यमन्त्री रोजगार लगायतका कार्यक्रम सम्बन्धी बजेट यस कार्यालयबाट कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट प्रवाहित सेवालाई जिल्लास्तरमा कार्यान्वयन गर्न सहजता प्रदान गर्नुका साथै सम्बन्धित सबै निकायबाट एकरुपताका साथ जनताले सरल रुपमा सेवा पाउने अपेक्षाका साथ यस कार्यालयको स्थापना गरिएको हो ।
सबै हेर्नुहोस्